प्रधानन्यायाधीश राणाले तोके पेसी
मकवानपुर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज पनि पेसी तोकेका छन् ।
राणाले आफ्नो नेतृत्वमा संवैधानिक इजलाससमेत तोकेका छन् । प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ सम्मिलित संवैधानिक इजलास तोकिएको हो । प्रधानन्यायाधीश राणाले आफ्नो एकल इजलासमा ५ वटा मुद्दा राखेका छन् ।
जसमा अदालतको अवहेलना, सम्पत्ति शुद्धिकरण, बन्दी प्रत्यक्षीकरण र कालोबजारीसम्बन्धी मुद्दा रहेका छन् । आफूबाहेक न्यायाधीश टंकबहादुर मोक्तानलाई पनि एकल इजलास तोकिएको छ ।
सर्वोच्च अदालतका १४ जना न्यायाधीशले बेन्च बहिष्कार गर्दै आएका छन् । आज पनि उनीहरू इजलासमा बस्ने÷नबस्ने अनिश्चित छ ।










