एमालेको स्थायी कमिटी बैठक बस्दै
मकवानपुर । नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो बस्दै छ ।
अपराह्न चार बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठक आसन्न राष्ट्रिय महाधिवेशनको विषयमा केन्द्रित हुने छ । एमाले उपाध्यक्ष युवराज ज्ञवालीले राष्ट्रिय महाधिवेशनका प्रतिनिधि छनोटका विषयमा छलफल हुने जानकारी दिए । एमालेको राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ ।
स्थायी कमिटी बैठकमा वडा र पालिका अधिवेशनको समीक्षा पनि हुने उनले बताए । एमालेले कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिका अधिवेशन गरेको थियो । केही वडा र पालिकामा भने अधिवेशन हुन बाँकी छ ।











