बागमतीको नयाँ मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले आज सपथ ग्रहण गर्ने

हेटौडा न्युज
११ कार्तिक २०७८, बिहीबार ११:४६
;

मकवानपुर । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीका एकीकृत समाजवादी बागमती प्रदेशका संसदीय दलका नेता राजेन्द्र पाण्डेले आज सपथग्रहण गर्ने तयारी छ ।

निर्वतमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजिनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागी दाबी पेश गर्न आज दिउँसो ३ बजे सम्मको समय तोकेका थिए ।एकीकृत समाजवादीका केन्द्रिय उपाध्यक्ष समेत रहेका नेता पाण्डेलाई मुख्यमन्त्रीमा अघि सारेर गठबन्धनका ५९ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरिसकेको छ । एक सय ९ सदस्य रहेको बागमती प्रदेशसभामा गठबन्धनका ५९ जना सांसद रहेका छन् ।

सरकार बनाउन ५५ सांसद आवश्यक पर्छ । मुख्यमन्त्रीमा अन्य दल तथा गठबन्धनले दाबी पेश गर्न सक्ने सम्भावना देखिदैँन । आज दिउँसो दाबी पेश गर्ने समय सकिएपछि राजेन्द्र पाण्डेले मुख्यमन्त्रीको सपथ ग्रहण गर्ने तयारी गरिएको छ । मुख्यमन्त्रीको सपथ लगतै थप ३ जना मन्त्रीको सपथ ग्रहण हुने एकीकृत समाजवादी बागमती प्रदेशका संसदीय दलका नेता राजेन्द्र पाण्डेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*