सत्ता गठबन्धन आगामी निर्वाचनसम्मै कायम हुन्छ: नेता नेपाल
मकवानपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन आगामी निर्वाचनसम्मै कायम राख्ने बताएका छन् ।
बिहीबार धनगढी विमानस्थलमा समाजवादी प्रेस संगठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले सत्ता गठबन्धन आगामी निर्वाचनसम्मै कायम राख्ने बताएका हुन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय गठबन्धन चुनावसम्मै कायम राख्ने धारणा बनाएको उनको भनाई छ ।
उनले एकीकृत समाजवादी पार्टीले चुनावलाई लक्षित गरेर पार्टीको संगठन निर्माण तथा सदस्यता वितरणलाई तीव्रता दिइरहेको पनि जानकारी गराए ।











