मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट

हेटौडा न्युज
१२ कार्तिक २०७८, शुक्रबार ११:१३
;

मकवानपुर । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि ८१ लाख ९० हजार कित्ताको आईपीओ निष्काशन गरेको थियो । स्वीकृत आवेदनमध्ये ८ लाख १९ हजार आवेदकलाई १० कित्ताका दरले पाएको कम्पनीको बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । आईपीओमा २३ लाख ९० हजार २ सय १८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको शेयर खरिदका लागि आवेदन दिएका थिए ।

जसमध्ये ९५ हजार ७ सय २२ आवेदन रद्द भएको छ । कुल निश्कासन मध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीले सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकामा रन अफ रिभरमा आधारित जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाबाट १ सय २ मेगाबाट बिजुली निकालिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*