प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान

हेटौडा न्युज
१२ कार्तिक २०७८, शुक्रबार ११:२८
;

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) मा भाग लिन बेलायत प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री देउवा आज बिहान कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गरेका हुन् । पाँचौ पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन बेलायतको शहर ग्लासगोमा यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ ।

प्रधानमन्त्री देउवाले त्यहाँ वर्ल्ड लिडर समिटलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको टोलीमा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवसहित २० सदस्य छन् । प्रधानमन्त्री देउवासहितको टोली १८ गते स्वदेश फर्किने छ । प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कामकाज गृहमन्त्री बालकृष्ण खाँणले सम्हाल्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*