शुक्रवार मकवानपुरमा सङ्क्रमित र निको हुने बराबरी, २ जनाले जिते कोरोना

हेटौडा न्युज
१२ कार्तिक २०७८, शुक्रबार १५:००
;

मकवानपुर । शुक्रवार मकवानपुरमा २ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा २ जनामा कोरोना पुष्टि भएकोमा २ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १५ हजार ३ सय ९१ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार ७१ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा १ सय ५५ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६५ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*