सर्वोच्च अदालतका १५ जना न्यायाधीशविरुद्ध रिट

हेटौडा न्युज
१२ कार्तिक २०७८, शुक्रबार १५:५६
;

मकवानपुर । सर्वोच्च अदालतका १५ जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा रिट पुगेको छ ।

न्यायाधीशहरुले इजलासमा सहभागी नहुँदा न्याय प्रभावित भएकाले न्यायमा असर पर्नेगरी कार्य नगर्न÷नगराउन माग गर्दै तीनवटा रिट आएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । रिट दर्ता प्रक्रियामा रहेको उनले बताए ।

स्वागत नेपाल, कृष्ण प्रसाईंलगायत अधिवक्ताहरुले लिएर गएको रिटमा न्यायाधीशहरु इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित तत्काल सुनुवाइ नहुँदा न्यायको हक उल्लंघन भएको भन्दै पेशी सूचीमा रहेका मुद्दा हेर्न परमादेश जारी गर्न माग गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*