पुरानो नारायणी यातायात कम्पनी प्रालिद्वारा मन्त्री मोक्तानलाई स्वागत तथा सम्मान

हेटौडा न्युज
१३ कार्तिक २०७८, शनिबार ११:२१
;

मकवानपुर । पुरानो नारायणी यातायात कम्पनी प्रालिले बागमती प्रदेशकी नवनियुक्त सामाजिक विकास मन्त्री कुमारी मोक्तानलाई स्वागत तथा सम्मान गरेको छ ।

शनिबार एक कार्यक्रमकाबीच नवनियुक्त मन्त्री मोक्तानलाई स्वागत सम्मान गरेको हो । कार्यक्रममा पुरानो नारायणी यातायात कम्पनी प्रालिका अध्यक्ष एवम् पदाधिकारिहरुले सम्मानपत्र सहित फुलमाला लगाएर मन्त्री मोक्तानलाई सम्मान गरेका थिए ।

कार्यक्रममा कम्पनीका महासचिव सरोजकुमार खनाल, कम्पनीका सदस्यहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*