एमाले अझै बलियो बन्दै छ: नेता पोखरेल
मकवानपुर । नेकपा एमालेका स्थायी कमिटि सदस्य शंकर पोखरेलले गठबन्धनले एमालेलाई पराजित गर्न नसक्ने बताएका छन् ।
शनिबार हेटौंडामा एमालेको नगर अधिवेशनलाई सम्बोधन गर्दे नेता पोखरेलले वर्तमान समयमा विपक्षीदलहरु जतिनै गठबन्धन गरेपनि नेकपा एमाालेलाई पराजित गर्न नसक्ने तर्क गरेका छन् । नेकपा एमाले अझै सुदृढ र बलियो बन्दै गएको उनले दाबी गरे । विपक्षीदलहरुले आफ्नो पार्टीको अध्यक्षको मात्र विरोध गरेको भन्दै नेता पेखरेलले केपी ओली जनताले बनाएको नेता भएको दाबी गरेका छन् । उनले भने “एमालेका अध्यक्ष केपीओली नेताले बनाएको नेता होईन केपी ओली कार्यकर्ताले बनाएको नेता हो ।”
नेकपा एमालेको पालिका अधिवेशन अन्र्तगत आज जिल्लाका ८ ओटा पालिकामा अधिवेशन सम्पन्न भएको छ । २ ओटा पालिकामा भने २ दिन अघिनै सर्वसम्मत नेतृत्व चयन भैसकेको छ ।











