हेटौंडा–१० मा आगलागी
मकवानपुर । हेटौंडा–१० स्थित एक हेल्थ केयर सेन्टरमा आगलागी हुँदासामान जलेर नष्ट भएको छ ।
आइतबार बिहान ८ बजेको समयमा सुभाष लामाको घरमा पंकज दास बनियाँले सञ्चालन गरेको हेल्थ केयर सेन्टरमा बिजुलीको तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी हुँँदा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
आगलागी भएको ठाउँमा वडा प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी निरीक्षक र प्रहरी चौकी बसपार्कबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले प्रहरी, दमकल र स्थानीयको सहयोगमा ८ बजेर ४५ मिनेटमा आगो नियन्त्रणमा लिएको थियो ।










