सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्थामा कडाई

हेटौडा न्युज
१४ कार्तिक २०७८, आईतवार १२:५५
;

मकवानपुर । सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुको प्रदर्शनलाई लक्षित गरीसुरक्षा व्यवस्था कडा पारिएको छ ।

सर्वोच्च अदालत र नेपाल बार एशोसिएसन दुवैमा प्रवेशमा कडाइ गरिएको छ । सर्वोच्च अदालत भित्र र बाहिर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । प्रहरीका गाडी पनि तयारी अवस्थामा राखिएको छ । सर्वोच्च अदालतका कर्मचारीहरु र प्रवेश पास भएकालाई मुख्य गेटमा परिचय पत्र देखाएरमात्र प्रवेश गर्न दिइएको छ । अन्यलाई सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न दिइएको छैन ।

कतिपय कानुन व्यवसायीहरुले आफूहरु पनि परिचयपत्र देखाएरमात्र प्रवेश पाएको बताएका छन् । वकिल र पत्रकार बाहेक पनि केही विद्यार्थीहरु नेपाल बारको कार्यालयमा छिरेका थिए । उनीहरुलाई सुरक्षाकर्मीहरुले बाहिर निकालेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*