सोमवार मकवानपुरमा ७ जनामा कोरोना पुष्टि
मकवानपुर । सोमवार मकवानपुरमा ७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २४ जनाको पीसीआर र १५ जनाको एन्टिजेन गरी जम्मा ३९ जनाको कोरोना परिक्षण गर्दा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि
भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १५ हजार ४ सय ३ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार ८२ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा १ सय ५६ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६५ जनाको मृत्यु भएको छ ।










