देशभर पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ३३ जनामा कोरोना पुष्टि

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ३३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ४ सय ६८ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ४१ जना र ४ हजार १ सय ९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ गरी ५ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४ सय ९० जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाकै कारण पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ ।