सोमवार मकवानपुरमा ४ जनाले जिते कोरोना

मकवानपुर । सोमवार मकवानपुरमा ४ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ३ जनामा कोरोना पुष्टि भएकोमा ४ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १५ हजार ४ सय २६ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार १ सय ७६ जना सङ्क्रमण मुक्त भएका छन् ।अहिले मकवानपुरमा ८५ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६५ जनाको मृत्यु भएको छ ।