देशभर पछिल्लो २४ घण्टामा थप २ सय ९६ जनामा कोरोना पुष्टि

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ९६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी ८ हजार ९ सय ७२ नमुना परीक्षण गर्दा २ सय ९६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३ सय ६९ जना सङ्क्रमणमुक्त भएका छन् । भने कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ ।