सोमवार मकवानपुरमा ३ जनाले जिते कोरोना

मकवानपुर । सोमवार मकवानपुरमा ३ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना पुष्टि भएकोमा ३ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १५ हजार ४ सय ५१ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार १ सय ८५ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा १ सय १ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६५ जनाको मृत्यु भएको छ ।