शिक्षक सेवा आयोगले १ हजार ५ सय ४७ मावि शिक्षकका लागी विज्ञापन खुलायो

हेटौडा न्युज
२९ मंसिर २०७८, बुधबार १०:१३
;

मकवानपुर । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ ।

आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ ।

नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका जम्मा एक हजार ५ सय ४७ जना शिक्षकका लागि विज्ञापन खुलाइएको हो ।

हेर्नुहोस् विज्ञापन

Mavi Shikshak Bigyapan

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*