प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

हेटौडा न्युज
१४ पुष २०७८, बुधबार १०:१५
;

मकवानपुुर । प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने हवाई उडानहरु प्रभावित भएका छन् ।

रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेकाले उडान प्रभावित भएको हो । एयरलाइन्स कम्पनीहरुले प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण उडानहरु प्रभावित भएको सूचना जारी गरेका छन् । डोल्पा, लुक्ला, सिमिकोट लगायतका स्थानका सबै उडान रद्ध भएका छन् । विमानस्थल कार्यालयका अनुसार पोखरा र नेपालगन्जको मौसम खराब भएका कारण ती स्थानहरुमा पनि जहाजहरु उड्न सकेका छैनन् ।

अन्य गन्तव्यको उडान पनि ढिलो भएको छ । सिमराबाट काठमाडौंका लागि उडेको एती एयरलाइन्सको एक जहाज मकवानपुर क्षेत्रको आकासमा केहीबेर फन्को मारेर काठमाडौं विमानस्थलमा अवतरण गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*