बुधवार मकवानपुरमा नयाँ सङ्क्रमितको सङ्ख्या शुन्य

हेटौडा न्युज
१४ पुष २०७८, बुधबार १४:२५
;

मकवानपुर । बुधवार मकवानपुरमा कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छैनन् ।

पछिल्लो २४ घण्टामा १४ जनाको पीसीआर र ३ जनाको एन्टिजेन गरी जम्मा १७ जनाको कोरोना परिक्षण गर्दा नयाँ सङ्क्रमित नथपिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १५ हजार ५ सय ६७ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार २ सय ९७ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा एक सय ३ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६७ जनाको मृत्यु भएको छ ।

Poush-2078-09-14

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*