देशभर पछिल्लो २४ घण्टामा थप २ सय ४१ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
१५ पुष २०७८, बिहीबार १७:२४
;

मकवानपुुर । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ४१ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ८ सय १४ जनाको पीसीआर परीक्षण गर्दा २ सय ३५ जना र २ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २ सय ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा मृत्युहुनेको सङ्ख्या शून्य भएको छ । भने २ सय २८ जना सङ्क्रमणमुक्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*