प्रेस स्वतन्त्रता हननका घटना बढ्यो

हेटौडा न्युज
१६ पुष २०७८, शुक्रबार १२:१५
;

मकवानपुुर । नेपाली पत्रकारिता क्षेत्रका लागि सन् २०२१ चुनौतीपूर्ण वर्ष रहेको नेपाल पत्रकार महासंघले जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीका अनुसार तुलनात्मक रूपमा यस वर्ष अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता हननका घटना बढेका छन् । नेपाल पत्रकार महासंघको अभिलेखअनुसार सन् २०२० मा ५२ वटा प्रेस स्वतन्त्रता हनन्का घटना भएका थिए, भने सन् २०२१ जनवरी १ देखि डिसेम्बर ३१ बिहान ११ बजेसम्म ६२ वटा प्रेस स्वतन्त्रता हनन्का घटना भएका छन् । ६२ वटा घटनामा १ सय ९० जना पत्रकार पीडित भएका छन् । भने ४ सञ्चारमाध्यम प्रभावित हुन पुगेका छन् ।

यस वर्ष पत्रकारमाथि ३२ वटा धम्की तथा दुर्व्यवहारका घटना भएका छन् । पेशागत असुरक्षा तथा कब्जा र अवरोधका १०–१० वटा घटना भएका छन् । यसैगरी पत्रकार आक्रमणका ५ वटा घटना भएका छन् । यसैगरी पत्रकार गिरफ्तारीका ४ वटा घटना भए भने नीतिगत बन्देजको १ घटना भएको महासंघको अभिलेखमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*