शुक्रवार मकवानपुरमा २ जनामा कोरोना पुष्टि
मकवानपुर । शुक्रवार मकवानपुरमा २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १८ जनाको पीसीआर र ३ जनाको एन्टिजेन गरी जम्मा २१ जनाको कोरोना परिक्षण गर्दा २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १५ हजार ५ सय ७२ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार ३ सय जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा एक सय ५ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६७ जनाको मृत्यु भएको छ ।
Poush-2078-09-16









