लागूऔषधसहित दुई जना पक्राउ

हेटौडा न्युज
१८ पुष २०७८, आईतवार १०:३६
;

मकवानपुुर । लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका–७ बस्ने ३३ वर्षीय सनम भण्डारी र २८ वर्षीया रितु भण्डारीलाई पक्राउ गरेको हो । उनीहरूलाई १५ ट्याबलेट नाइट्रोभेट र ४४ क्याप्सुल स्पाससहित पुनर्वास नगरपालिका–१० को दोदापुलबाट शनिबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए । उनीहरू सवार से ३ प ४४९६ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ ।

विष्टका अनुसार सनम भण्डारीले आफूलाई राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टर भनेर चिनाउने गरेका छन् । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले भारतको बसया बजारबाट लागूऔषध खरिद गरेर ल्याएको बुझिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*