बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटर चालकको उपचारको क्रममा मृत्यु

हेटौडा न्युज
२० पुष २०७८, मंगलवार १०:४४
;

मकवानपुुर । काठमाडौंको पिंगलास्थानमा बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

सोमबार साँझ बा ५ ख १५३८ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएकी २५ वर्षीया कृतिका कार्कीको आज बिहान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा क्रममा मृत्यु भएको हो । दोलखा घर भएकी कार्की काठमाडौंको शान्तिनगरमा बस्दै आएकी थिइन् ।

बागमती प्रदेश ०२–०२१ प १९३५ नम्बरको स्कुटरमा सवार उनलाई एयरपोर्ट–गौशाला सडकखण्डको पिंगलास्थानमा सोमबार साँझ सवा ६ बजे बसले ठक्कर दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*