देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ९३ जनामा कोरोना पुष्टि

मकवानपुुर । देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ७ सय ९४ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ५५ जना र १ हजार ५ सय ३५ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ३ सय ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोे छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । भने २ सय ६३ जना सङ्क्रमणमुक्त भएका छन् ।