काङ्ग्रेस जिल्ला सभापति यादवलाई धम्की दिएका एसपी पाण्डे निलम्बनमा

हेटौडा न्युज
२१ पुष २०७८, बुधबार १०:५२
;

मकवानपुुर । नेपाली काङ्ग्रेस सिरहा जिल्ला सभापति एवम् पूर्वसांसद रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् ।

एसपी पाण्डेलाई निलम्बन गरिएको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए । सभापति यादवको घरमा गएको देखिएपछि थप अनुसन्धान गर्न तीन महिनाका लागि निलम्बन गरिएको उनले बताए । आफ्नो सरुवा गराएको निहँुमा एसपी पाण्डेले आइतबार मध्यरातमा जिरोमाइलस्थित आफ्नै घरमै आएर गाली गलौजका साथै गोली हानी मारिदिने धम्की दिएको भन्दै सभापति यादवले पाण्डेलाई निलम्बन गर्न माग गरेका थिए ।

२०७८ असार ८ मा एसपी पाण्डे जिल्ला प्रहरी कार्यालय सिरहा सरुवा भएर आएका थिए । तर एक वर्ष नबित्दै प्रहरी प्रधान कार्यालयले तानिएपछि उनी आक्रोशित थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*