अनेरास्ववियु मकवानपुरद्वारा ४५ प्रतिशत भाडा छुटको माग

हेटौडा न्युज
२१ पुष २०७८, बुधबार १६:४९
;

मकवानपुुर । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले विद्यार्थीले सार्वजनिक बसमा पाउनु पर्ने ४५ प्रतिशत भाडा छुटको माग गरेको छ ।

आज पत्रकार सम्मेलन गर्दै अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले जिल्लाका साझा बस र सार्वजनिक बसहरुले विद्यार्थीहरुलाई भाडा छुट नदिएको बताए । उनले काठमाण्डौ उपत्यकामा भाडा छुट संस्थागत भएको बताउँदै मकवानपुरमा पनि संस्थागत गर्न आन्दोलनको तयारी गरेको बताए ।उनले यसअघि पनि सार्वजनिक बसहरुले भाडा छुट नदिएको र अनेरास्वियु मकवानपुरले आवाज उठाएपछि माग सम्बोधन भएको बताउँदै पछिल्लो समयमा यातायात व्यवसायीहरुले विभिन्न बहानामा भाडा छुट दिन नमानेको बताए । उनले भाडाछुटलाई संस्थागत गर्न पुनः आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए ।

अध्यक्ष पौडेलले भनेः हामीले यातायात व्यवसायीहरुलाई ध्यानावकर्षण गराईरहेका छौ र तर व्यवसायीहरुले अटेर गर्ने,अवहेलना गर्ने र विद्यार्थीलाई गलत व्यवहार गर्ने गरेको पाईएको छ । अब हामी प्रशासन,स्थानीय तह र सम्बन्धीत निकायलाई पुनः ध्यानाकर्षण गर्छौ । माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रन बाध्य हुन्छौ । उनले राज्यबाट विद्यार्थीलाई प्राप्त उक्त अधिकारको प्रत्याभुत गराउन यातायात व्यवसायीहरुलाई अनुरोध गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*