बाघको छालासहित ४ जना पक्राउ

हेटौडा न्युज
२४ पुष २०७८, शनिबार ११:०१
;

मकवानपुुर । प्रहरीले बाघको छालासहित दाङबाट चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ का शंकर गिरी, उनकी श्रीमती झरना थापा, लमही नगरपालिका– १ नर्तिका गिरबहादुर बिश्वकर्मा र लमही नगरपालिका –२ बरुवा गाउँका आशाकुमार चौधरी रहेका छन् । प्रहरीले गोप्य सूचनाको आधारमा लमही नगरपालिका– ३ टिकुलीगढबाट बाघको छालासहित चार जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।

बाघको छाला बिक्री गर्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक पौडेलले बताए । बरामद गरिएको बाघको छालासहित उनीहरूलाई डिभिजन वन कार्यालय देउखुरी दाङलाई बुझाउने तयारी भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*