कोरोना सङ्क्रमण बढेपछि उपत्यकाका प्रजिअहरुको बैठक: भिडभाड नियन्त्रणमा प्राथमिकता

हेटौडा न्युज
२४ पुष २०७८, शनिबार १३:२९
;

मकवानपुुर । कोरोना भाइरस सङ्क्रमणको रोकथामबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ ।

सङ्क्रमण रोकथामका लागि तत्काल कदम चाल्न प्रधानमन्त्रीको अध्यक्षतामा हिजो बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्र समन्वय समिति (सीसीएमसी)ले निर्देशन दिएलगत्तै उपत्यकाका सीडीओहरु बैठक बस्न लागेका हुन् । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्लाहरुको संयुक्त बैठक बस्नुअघि आइतबार तीन जिल्लाको डीसीसीएमसीको बैठक बस्दैछ । भोलि नै तीनै सीडीओले स्वास्थ्य मन्त्रालयसँग छलफल गर्दैछन् ।

आइतबार नै सीसीएमसीको बैठक पुनः बस्ने तयारी छ । स्वास्थ्य मन्त्रालयले भोलि नै कोरोनाको पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गर्ने भएको छ । त्यसपछि गृह मन्त्रालयसँग समन्वय गरेर तीनै सीडीओले स्मार्ट लकडाउन कार्यविधिअनुसार सङ्क्रमण रोकथामबारे निर्णय गर्ने भएका छन् । सोमबारभित्र बस्ने तीनै प्रशासनको बैठकले भीडभाड हुने क्षेत्रलाई नियन्त्रण गर्नेतर्फ निर्णय गर्ने काठमाडौंका सीडीओ गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*