पुस २७ गते पृथ्वीजयन्तीका दिन हेटौंडामा र्याली सहितको कार्यक्रम हुने
मकवानपुुर । शाही शक्ति नेपाल मकवानपुरले पुस २७ गते पृथ्वी नारायणशाहको ३००औं जन्मजयन्तीका दिन हेटौंडामा र्याली सहितको कार्यक्रम गर्ने भएको छ ।
शनिबार पत्रकार सम्मेलन गर्दे । शाही शक्ति नेपाल मकवानपुरका अध्यक्ष विवेक शाहीले पुस २७ गते पृथ्वी नारायणशाहको ३००औं जन्मजयन्तीका दिन हेटौंडामा र्याली सहितको कार्यक्रम गर्ने जानकारी दिए । पुस २७ गते दिउँसो हेटौंडाको हुप्रचौरबाट सुरु हुने र्यालीले हेटौंडा बाजार परिक्रमा गरेर बुद्धचोकमा कोणसभामा परिणत हुने बताईएको छ ।
पछिल्लो समय देशमा राजनितिकदलहरुले जनभावना अनुसार काम नगरेको भन्दै राजतन्त्र फिर्ता ल्याउन सन्देश दिनकालागी कार्यक्रम आयोजना गरिएको अध्यक्ष शाहीले बताए ।










