आइतवार मकवानपुरमा ३ जनाले जिते कोरोना

मकवानपुर । आइतवार मकवानपुरमा ३ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना पुष्टि भएकोमा ३ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १५ हजार ६ सय २४ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार ३ सय ३० जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा एक सय २७ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६७ जनाको मृत्यु भएको छ ।