मकवानपुरमा बढ्यो कोरोना सङ्क्रमण एकैदिन थपिए २० जना सङ्क्रमित

मकवानपुर । सोमवार मकवानपुरमा २० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४२ जनाको पीसीआर र ४३ जनाको एन्टिजेन गरी जम्मा ८५ जनाको कोरोना परिक्षण गर्दा २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १५ हजार ६ सय ४४ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार ३ सय ३२ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा १ सय ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६७ जनाको मृत्यु भएको छ ।
Poush-2078-09-26