देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ४६ जनामा सङ्क्रमण पुष्टि

मकवानपुुर । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ९ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ५७ जना र २ हजार ४ सय ६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १ हजार ४ सय ४६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । भने २ सय ५५ जना सङ्क्रमणमुक्त भएका छन् ।