मकवानपुरमा कोरोना सङ्क्रमणदर उकालो लाग्यो एकैदिन ५८ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२७ पुष २०७८, मंगलवार १५:१९
;

मकवानपुर । मंगलवार मकवानपुरमा ५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६० जनाको पीसीआर र ३८ जनाको एन्टिजेन गरी जम्मा ९८ जनाको कोरोना परिक्षण गर्दा ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १५ हजार ७ सय २ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार ३ सय ३६ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा एक सय ९९ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६७ जनाको मृत्यु भएको छ ।

Poush-2078-09-27

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*