देशभर पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४४ जनामा कोरोना पुष्टि

मकवानपुुर । देशभर पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ८१ जना र ४ हजार ३ सय ८५ जनाको पीसीआर गर्दा ४ सय ६३ जना गरी २ हजार ४ सय ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ। भने ३ सय १३ जना कोरोनाबाट सङ्क्रमणमुक्त भएका छन् ।