एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना सङ्क्रमण पुष्टि
मकवानपुर । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
उनले शनिबार फेसबुकमार्फत आफू संक्रमित भएको जानकारी गराएका छन् । यसअघि शुक्रबार एमाले महासचिव शंकर पोखरेललाई पनि सङ्क्रमण पुष्टि भएको थियो ।
पछिल्लो दुई सातायता तीव्र गतिमा फैलिएको कोरोना संक्रमणका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायत सङ्क्रमित भएका छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सङ्क्रमित भएका छन् ।










