पहिरोमा पुरिएकामध्ये एक जनाको शव फेला, दुई जना वेपत्ता

हेटौडा न्युज
२ माघ २०७८, आईतवार ११:१२
;

मकवानपुर । धादिङको रुबी भ्याली गाउँपालिका वडा नम्बर –१ मा गत बिहीबार गएको पहिरोमा पुरिएकामध्ये एक जनाको शव फेला परेको छ ।

अन्य दुई जनाको अवस्था अझै अज्ञात छ । जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी एवम् प्रवक्ता जागेश्वर भण्डारीका अनुसार शनिबार अपराह्न डोजरका सहचालक काभ्रेका राजु तामाङको शव फेला परेको हो । राजुको शवलाई आज आफन्तको जिम्मा लगाउने तयारी छ । पहिरोमा पुरिएका डोजर चालक आकाश तामाङ र स्थानीय अनिश तामाङको खोजी कार्य जारी रहेको डिएसपी भण्डारीले जानकारी दिए । रसुवा–तिप्लिङ सडकखण्डमा जोडिने बाटो खन्ने क्रममा गत बिहीबार पहिरो खस्दा डोजरसहित तीनजना पुरिएका थिए ।

पहिरो गएको स्थान दुर्गम र साँघुरो खोल्सो जस्तो भएकाले खोज्न कठिन भइरहेको प्रहरीले जनाएको छ । सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पहिरोमा पुरिएकाहरुको खोजी कार्यमा सक्रिय छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*