कोइला बालेर सुतेका ४जना मृत फेला

हेटौडा न्युज
२ माघ २०७८, आईतवार ११:१७
;

मकवानपुर । कोइला बालेर सुतेका चारजना वीरेन्द्रनगर–१० बुदबुदीमा मृत फेला परेका छन् ।

शुक्रबार राति कोइला बालेर कोठामा सुतिरहेका आमासहित तीन बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले बताएका छन् । उनका अनुसार ३५ वर्षीया कल्पा बुढा (बिसी), ९ वर्षीय छोरा निरज बुढा, आठ वर्षीय छोरा चिरञ्जीवी बुढा र पाँच वर्षीय सोमराज बुढाको मृत्यु भएको हो ।

कल्पाका श्रीमान कृष्णबहादुर विसी जाजरकोटको शिवालय गाउँपालिकामा कार्यरत छन् । मृतक सोमराज कृष्णका दाइका छोरा हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*