मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

हेटौडा न्युज
२ माघ २०७८, आईतवार ११:४८
;

मकवानपुर । मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एकजनाको मृत्यु भएको छ ।

शनिबार साँझ धनगढी उपमहानगरपालिका– १६ पथरीस्थित गोकंनरी खोलाको पुलमा मोटरसाइकल दुर्घटना हुँदा ४० वर्षीय ऐतवारी रानाको मृत्यु भएको हो ।

३८ वर्षीय राजेश रानाले चलाएको सूपप्र ०१ ००९ प ५९७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा घटनास्थलमै रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*