देशभर थप ४ हजार ९ सय ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि

मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय ६१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरमा १५ हजार १ सय ३१ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ४ सय ३५ जना सङ्क्रमणमुक्त भएका छन् । भने तीन जनाको मृत्यु भएको छ ।