मकवानपुरमा बढ्यो कोरोना सङ्क्रमण एकैदिन थपिए १ सय ७६ जना सङ्क्रमित

हेटौडा न्युज
३ माघ २०७८, सोमबार १४:५६
;

मकवानपुर । सोमवार मकवानपुरमा १सय ७६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९४ जनाको पीसीआर र ४ सय ५२ जनाको एन्टिजेन गरी जम्मा ५ सय ४६ जनाको कोरोना परिक्षण गर्दा १ सय ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १६ हजार ९५ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार ३ सय ४६ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा ५ सय ७९ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ७० जनाको मृत्यु भएको छ ।

Magh-2078-10-03

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*