बालकुमारी मन्दिरबाट मूर्ति चोरी

हेटौडा न्युज
९ माघ २०७८, आईतवार १०:३६
;

मकवानपुर । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको छ ।

पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको पुरानो मूर्ति गएराति चोरिएको हो । मन्दिरका पुजारी आज बिहान चार बजे नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि स्थानीय जनप्रतिनिधिहरुलाई खबर गरेका थिए ।

त्यसपछि प्रहरीलाई जानकारी गराइएको थियो । ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले मूर्ति चोरी भएको जानकारी पाएलगत्तै खोजीकार्य जारी राखिएको बताए । स्थानीयका अनुसार मन्दिरभित्र प्रवेश गर्न चारवटा गेट क्रस गर्नुपर्छ, त्यहाँ नौवटा ताला लगाइएका हुन्थे । ती सबै ताला फोडेर मूर्ति चोरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*