एसईई वैशाखमा, कक्षा १२ को परीक्षा जेठमा

हेटौडा न्युज
९ माघ २०७८, आईतवार ११:३४
;

मकवानपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने जानकारी दिएको छ ।

शनिबार बसेको बोर्डको बैठकले एसईई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । कोभिडको कारण यो वर्षको शैक्षिक सत्रको पठनपाठन केही ढिला भएकोले परीक्षा केहीपछि गर्ने निर्णय बोर्डले गरेको उनले बताए ।

कोभिडको कारण विद्यालय बन्द भएकोले बोर्डले तोकेको समयावधिको अवस्था हेरेर कुन मोडालिटीमा परीक्षा गर्ने भन्ने निर्णय गर्ने शर्माले बताए ।

यो वर्षको शैक्षिक सत्रलाई अप्ठ्यारो नपर्नेगरी विद्यार्थीको सुविधालाई ध्यानमा राखेर चैतभर पठनपाठन गर्ने र वैशाखमा परीक्षा गर्ने निर्णय बोर्डले गरेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*