सोमवार मकवानपुरमा १ सय ६६ जनामा कोरोना पुष्टि

मकवानपुर । सोमवार मकवानपुरमा १ सय ६६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ सय ३५ जनाको पीसीआर र ३ सय ५७ जनाको एन्टिजेन गरी जम्मा ४ सय ९२ जनाको कोरोना परिक्षण गर्दा १ सय ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १७ हजार १ सय ८१ जनामा कोरोना पुष्टि भएकोमा १५ हजार ४ सय ३५ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा १ हजार ५ सय ७६ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म १ सय ७० जनाको मृत्यु भएको छ ।