कोरोना सङ्क्रमण विरुद्ध जनचेतना जगाउँदै मास्क वितरण

हेटौडा न्युज
११ माघ २०७८, मंगलवार १६:३९
;

मकवानपुर । कोरोना सङ्क्रमण विरुद्ध जनचेतना जगाउँदै हेटौंडाको बुद्धचोकमा मास्क वितरण गरिएको छ ।
नारायणी संघ हेटौंडाको आयोजना र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा आज हेटौंडाको बुद्धचोकमा जनचेतना जगाउदै मास्क वितरण गरिएको हो ।

वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक कृष्ण प्रसाद विष्टलाई नारायणी संघ हेटौंडाले १ हजार थान मास्क हस्तान्तरण गरेको हो । प्रहरीको समन्वयमा मास्क नलगाउने मानिसहरुलाई जनचेतना जगाउँदै नारायणी संघ हेटौंडाले मास्क वितरण गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*