आइतवार मकवानपुरमा १ सय ९६ जना कोरोना सङ्क्रमणमुक्त

मकवानपुर । आइतवार मकवानपुरमा १ सय ९६ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना पुष्टि भएकोमा १ सय ९६ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १७ हजार ५ सय ६४ जनामा कोरोना पुष्टि भएकोमा १६ हजार ८ सय ५७ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा ५ सय ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ७० जनाको मृत्यु भएको छ ।