थप ३ हजार ५ सय ४० जनामा कोरोना पुष्टि
मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय १० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३ हजार २ सय ३५ जनामा र २ हजार ८ सय ८३ एन्टीजेन परीक्षण गर्दा ४ सय ९१ जना गरी कुल ३ हजार ५ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।










