सोमवार मकवानपुरमा ५० जनामा कोरोना पुष्टि

हेटौडा न्युज
१७ माघ २०७८, सोमबार १५:५५
;

मकवानपुर । सोमवार मकवानपुरमा ५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४१ जनाको पीसीआर र ६३ जनाको एन्टिजेन गरी जम्मा १ सय ४ जनाको कोरोना परिक्षण गर्दा ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १७ हजार ४ सय ३५ जनामा कोरोना पुष्टि भएकोमा १७ हजार २३ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा ४ सय २१ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म १ सय ७० जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*