थप ५ हजार २ सय ९२ जनामा कोरोना पुष्टि
मकवानपुर । देशभर पछिल्लो २४ घण्टामा थप ५ हजार २ सय ९२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ३ सय ६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४ सय ७२ जना र ५ हजार ७ सय २० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८ सय २० जना गरी कुल ५ हजार २ सय ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ ।










